काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।

नेविसंघका मागप्रपत त्रिवी पदाधिकारी उदासीन बनेपछि डिन कार्यालयमा आइतबार ताला लगाइएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले दिएको जानकारी दिए ।

यसअघि नेविसंघ त्रिवि समितिले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ।

नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेको आफूहरु तालाबन्दी गर्नेपर्ने अवस्थामा पुगेको रावलले बताए।

त्रिविलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको भर्ति केन्द्र बनाइएको नेविसंघको आरोप छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version