काठमाडौं: सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो ।

आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version