काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई छ बुँदे सुझाव दिएका छन्।

 

गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका छन्।

 

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएका बेला गौतमले उक्त सुझाव राखेका हुन्।

 

गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन्।

 

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।

 

उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

 

‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भनेका छन्, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने।’

 

साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन्। ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने,’ उनले भनेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version