काठमाडौं : महानगरीय प्रहरीको अवधारणा अब पूर्ण रुपले परिवर्तन भएर नयाँ नामले चिनिने भएको छ ।

आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्रालय अन्तर्गत रहेको समायोजन समितिले तयार पारेको प्रतिवेदन सम्बन्धमा छलफल गर्न बसेको बैठकले महानगरीय प्रहरीको अवधारणा (काठमाडौं उपत्यका भित्र मात्रै) लाई खारेज गर्दै नयाँ अवधारणामा जाने प्रस्ताव स्विकृत गरेको हो ।

बैठक प्रधानमन्त्री केपी शर्मा ओली सहित गृह मन्त्री राम बहादुर थापा बादल, गृह सचिव महेश्वर न्यौपाने लगायत प्रदेश प्रहरी समायोजन समितिमा रहेका सदस्यहरुको सहभागीतामा बसेको थियो ।

गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार महानगरीय भन्दा अरु महानगरमा पनि यस्तै संरचना बनाउनुपर्ने बाध्यताले गर्दा महानगरीय प्रहरीको अवधारणा हटाएर नयाँ नाम राखिने प्रस्ताव स्विकृत भएको हो ।

त्यस्तै बैठकले हालको महानगरीय प्रहरी कार्यालय, रानीपोखरी प्रदेश प्रहरी कार्यालय अन्र्गत नभएर केन्द्र प्रहरी मातहत रहने प्रस्ताव पनि स्विकृत गरेको स्रोतले बतायो ।

तत्काललाई महानगरीय प्रहरीअन्तर्गतको प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नै रहने स्विकृत भएको छ । तर नयाँ राखिने महानगरीय प्रहरीको वैकल्पिक नाम भने यकिन भइनसकेको स्रोतले बतायो ।

महानगरीय प्रहरीको अवधारणा २०६३ साल मङ्सिर १ गतेबाट लागु भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version