काठमाडौं : प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बरामद गरेको हो ।

सो धातु परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए । जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।

सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए । जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version