विराटनगर: विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।

 

महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

 

विराटनगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले बन्दाबन्दीको निर्णय गरिएको उहाँले बताउनुभयो ।

 

बन्दबन्दीमा बजार र सर्वसाधारणको आवागमन पूर्णरुपमा रोक लगाइएको छ । उक्त अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसल (पुरानो र नयाँ गुद्री बजारबाहेक) औषधि पसल, दूध, पानी, ग्यास÷इन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम (बहिरङ सेवाबाहेक), आइसिपीबाट आउनेजाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा महानगर क्षेत्रभित्र बन्द गरिएको छ । विराटनगरमा आजसम्म सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version