भारत : कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ।

भारतीय समाचार माध्यमहरुका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो।

उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको बीबीसी हिन्दीले लेखेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्।

कमला उत्तर प्रदेश ९यूपी० सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो।

उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version