सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार पहिरोले पुरिएका भारत बेतीयाका राजेन्द्र चौरसीया, वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका वर्ष २१ का राजेश चौधरी, २५ का बिक्रम थिंग, २३ का मानबहादुर रूम्बा, २० का सिमन घ्लान, २१ का शिबबालक धामी र १७ का सोनम लामा सुतेका थिए ।

 

सँगै सुतेका सबैको शव भेटिए पनि कुन कुन हो भन्ने पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

 

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।

 

प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।

 

अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version