एजेन्सी:
बिहार प्रहरीले अभिनेत्री रिया चक्रवर्ती फरार भएको दाबी गरेको छ । तर रियाका वकिल सतिश मानशिन्देले सोमबार बिहार प्रहरीको दाबी अस्विकार गरेका छन् । सतिशले अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा रियाले अहिलेसम्म प्रहरीको तर्फबाट कुनै नोटिस नपाएको खुलासा गरेका छन् ।

बिहार प्रहरीले गत हप्ता राजपूतलाई कथित रुपमा आत्महत्याका लागि प्रेरित गरेको भन्दै रियाविरुद्ध एफआईआर दर्ता गरेको थियो । राजपूतका पिता केके सिंहले चक्रवर्ती र उनको परिवारका अन्य सदस्यविरुद्ध प्राथमिकी दर्ता गरेका थिए । बिहार पुलिसले आफूले चक्रवर्तीबारे पत्ता लगाउन नसकेको बताएको छ ।

उनका वकिल सतिश मानशिंदेले एक बयान जारी गर्दै भने, ‘बिहार प्रहरीले रिया चक्रवर्ती फरार छिन् भन्नु गलत हो । अहिलेसम्म बिहार प्रहरीको तर्फबाट कुनै नोटिस वा समन पाइएको छैन ।’

मानशिंदेशका अनुसार चक्रवर्तीको बयान मुम्बई प्रहरीले दर्ता गरिरहेको छ । बयानमा भनिएको छ, ‘उनलाई जतिबेला जे भनियो उनले प्रहरीलाई सहयोग गर्न त्यहि नै गरेकी छिन् ।’

मानशिंदेले बयानमा घटनाको छानबिनको अधिकारी बिहार प्रहरीलाई नभएकोले चक्रवर्तीले सर्वोच्च अदालतमा याचिका दायर गरेर घटनालाई मुम्बई स्थानान्तर गर्न आग्रह गरेको जानकारी दिए । सुशान्तले १४ जूनमा बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेका थिए ।

भारतीय मिडियामा प्रकाशित केही रिपोर्टमा रिया केही दिन अघि आधा रातमा आफ्नो परिवारसहित उनी बसिरहेको भवनबाट निस्किएको दाबी गरिएको छ । यस्तै कतिले भने दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले प्राथमिकीमा रियासमेत ६ व्यक्तिमाथि आत्महत्याका लागि उक्साएको आरोप लगाउने बित्तिकै रिया फरार भएको बताएका छन् ।

यद्यपि, गत हप्ता रियाले एक भिडियो पोस्ट गर्दै भनेकी थिइन्, ‘सत्यमेव जयते । सत्यको जीत हुनेछ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version