काठमाडौं : प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने र  नगर्नेबारे निर्णय लिनजनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन ।

लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेकाले प्रधानमन्त्री ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरेका हुन ।

 

छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञका अलवा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित छन ।

 

छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०मा रहेका मन्त्री, सचिव र विज्ञहरु संलग्न छन ।

 

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका थिए ।

 

सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन साउन ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापदण्डको वेवास्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने संक्रमण समुदायस्तरमा पुगिनसकेको दावी गर्दै आएको छ ।

 

लकडाउनको अन्त्यपछि बजार, पसललगायत सार्वजनिक स्थलमा भीड बढेको छ । तर पछिल्लो पटक काठमाडौँ उपत्यकामा समेत संक्रमित बढ्न थालेपछि सरकारले काठमाडौँ प्रवेशमा राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई रोक लगाएको छ भने परीक्षणलाई बढाएको बताएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version