काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
गौतमलाई भेट्न दाहाल आज बिहान गौतम निवास भैंसेपाटी पुगेका थिए । भेटमा दुईजनाबीच के कुरा भयो थाहा हुन नसकेपनि गौतमले पार्टीको आन्तरिक विवाद मत्थर पार्न अघि सारेको ६ बुँदे प्रस्तावमा सहमति गर्न दाहाललाई आग्रह गरेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पत्नी राधिकालाई लिएर भैसेपाटी पुगेका थिए ।
गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र अर्को महाधिवेशन सम्म पार्टीको अध्यक्ष पनि ओली नै हुने उल्लेख छ ।
Facebook Comments Box
