काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । खनाल दाहाल पक्ष र नेम्वाङ ओली पक्षधरका रुपमा चिनिन्छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version