काठमाडौँ: नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारका सबै सदस्यको कोरोना नेगेटिभ देखिएको छ।

 

एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा दाहालसहित उनका परिवारका सबै सदस्यको नेगेटिभ देखिएको हो। आजै दाहालका निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

 

प्रचण्ड सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५३ जनाको कोरोना परीक्षण गरिएको थियाे। जसमा ६ जना सुरक्षाकर्मीको नतिजा पोजेटिभ देखिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version