चितवन: पहिरोका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए । थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए ।

सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version