काठमाडौं : काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गरिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अत्यधिक भीड हुने यी व्यापारिक क्षेत्र सिल गरिने भएको हो ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार नागरिकता र पासपोर्ट वितरण समेत तत्कालका लागि बन्द गरिने भएको छ । स्रोतका अनुसार शुक्रवार रातिबाट लागु हुने गरी ती स्थानमा सिल गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने तयारी गरिएको हो ।

साथै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि रोक्ने भएको छ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version