काठमाडौं: काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्रमा आठ जनालाई कोरोना संक्रमण पुष्टी भएपछी अहिले उक्त क्षेत्र सिल गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।

डंगोलका अनुसार त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल गरेका छौं । भोलि मेरै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version