काठमाडौँ: नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ ।

भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।

उनले अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version