काठमाडौं: सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

 

यस्तै घाइतेहरुको उपचार गर्दा लागेको बील बमोजिमको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

अन्तरजातिय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका ९ जाजरकोटका नवराज वि.क., गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव वि.क., गोविन्द शाही, जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको ज्यान गएको थियो ।

 

उनीहरुको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो । यस्तै १२ जना घाइतेहरुको उपचार खर्चको बिलअनुसारको रकम उपलब्ध गराउने निर्णय भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version