मकवानपुर : बागमती नदी किनारामा एक महिलाको शव फेला परेको छ।
अन्दाजी ३५ वर्षीया ती महिलाको शव मकवानपुरको बागमती गाउँपालिका–५ स्थित बागमती नदी किनारामा निर्वस्त्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती महिलाको पहिचान हुन सकेको छैन।
नदी किनारमा पछाडीको भाग डुबेको अवस्थामा शव फेला परेको हो। उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।
करिव ५ फिट ४ इन्च उचाई भएकी महिला मंगोलियन अनुहार र गहुँगोरो वर्णकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
