काठमाडौं : सिटिजन्स बैंकको मुख्य कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैंकको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त विभागमा कार्यरत महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने उनीसँगै काम गर्ने कर्मचारीहरुको कोरोना टेष्ट गरिएको छ । उनीहरुको रिपोर्ट भने अझै आइपुगेको छैन ।

संक्रमितको अवस्था सामान्य रहेको छ ।

बैंकले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज बुधबार एकदिनका लागि मुख्यालय र थापाथलीस्थित शाखा कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ ।

यस बैंकहरुमा भाइरस निसंक्रमण गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी बैंकले दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version