काठमाडौं : यस साताको पहिलो दिनदेखि लगातार घटेको सुनको मूल्य आज भने बढेको छ ।

सुनको मूल्य आज प्रति तोलामा २ हजार ४ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version