काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै अत्यावश्यकबाहेकका पसलहरू बन्द गरिएका छन्।

 

आज बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो।

महानगरी प्रहरी वृत्त , कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको छ।

‘कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हो,’उनले भने,’जोखिम झन् बढ्ने भएकाले यस्तो गरेका हौं।’ उनका अनुसार वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन्।

 

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ। त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ। ‘संक्रमितहरू धेरै बढेकोले हामीले अनावश्यकरूपमा हिँडडुल पनि नगर्न अनुरोध गरेका छौं तर काम परेर हिँडेकाहरूलाई अवरोध गरेका छैनौं,’उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version