काठमाडौं: बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब १४ करोड नाफा गरेको छ ।

बैंकको आर्थिक वर्ष २०७५÷७६ मा नाफा २ अर्ब ७५ करोड रहेको थियो । ग्लोबल आइएमई बैंक र जनता बैंक गतवर्ष मर्ज भएका थिए । ग्लोबल आइएमई बैंकले मर्जर तथा एक्विजेशन गरेर विभिन्न आकारमा आफुलाई पहिलो नम्बरमा पुर्याएको छ ।

१८ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको जनाएको छ । यस आधारमा सेयरधनीलाई गतवर्षको नाफाबाट ९ प्रतिशत लाभांश बाड्नुमिल्छ ।

बैंकको रिजर्बमा ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । जनताको स्वाबको पैसाको आधारमा बैंकको लाभांश क्षमता १६ प्रतिशत हुने देखिन्छ । तर,पूर्ण लेखापरिक्षण हुँदा यो रकम फरक पर्नसक्छ ।

बैंकको निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

ग्लोबल आइएमई बैंकको पूँजीकोष अनुपात १२.४१ प्रतिशत छ ।

कोभिड १९ को असर ग्लोबल आइएमई बैंकलाई पनि परेको देखिएको छ । जसको कारण खराब कर्जा अनुपात एनपीएल गतवषर्एको भन्दा बढेको छ । गतवर्ष ०.५५ प्रतिशत रहेको एनपीएल यो वर्ष १.८० प्रतिशत रहेको छ ।

८.४२ प्रतिशत रहेको ग्लोबल आइएमई बैंकको बेसरेट ८.४२ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.४३ प्रतिशत छ । प्रति सेयर आम्दानी १६.२७ रुपैयाँ रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version