सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ।

शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

‘गाउँमा २२ घर छन्, सबै घर पुरिएको खबर आएको छ,’ एसपी महर्जनले  भने, ‘घटनास्थल दुर्गम ठाउँमा छ। प्रहरी पुग्न समय लाग्छ। घटनामा धेरै मान्छे हताहत भएको आशंका गरिएकाे छ।’

प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको उनले जानकारी दिए। ‘प्रहरीलाई घटनास्थल पुग्न अझै कम्तिमा पनि दुई घण्टा लाग्छ होला,’ उनले भने, ‘प्रहरी पुगेपछि मात्रै घटनाको यथार्थ विवरण प्राप्त हुन्छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version