अमेरिकाले इरानको तेल बोकेको चारवटा ट्यांकर नियन्त्रणमा लिएको छ। जहाँ लाखौं डलर बराबरका तेलहरु छन्।

चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल इरानी तेल विदेशी साझेदारहरूको सहयोगमा जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानको तेलमाथि कब्जा गरेको हो अमेरिकी प्रतिबन्धलाई पालना नगरेको कारण ट्यांकर नियन्त्रणमा लिएको अमेरिकी भनाइ छ।

भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन्।

शुक्रवार एक विज्ञप्तिमा अमेरिकी न्याय मन्त्रालयले ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ आईआरजीसीको लाखौँ डलर मूल्यका तेल सफलतापूर्वक कब्जामा लिइएको बताएको छ।

आईआरजीसी अमेरिकाले विदेशी आतङ्कवादी संस्था तोकेको इरानी सशस्त्र बलको एउटा अङ्ग हो।

सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट हात झिकेपछि दुई देशबीच तनाव चुलिएको छ।

अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यात रोक्न ठूला प्रतिबन्धहरू लगाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version