काठमाडौं: कोरोना महामारीको संकटको अवस्थामासमेत कृषि विकास बैंक गत आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट १ अर्ब ६६ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने जनाएको छ ।

यधपी समीक्षा अवधिमा बैंकको खुद नाफामा ७२ करोड ३५ लाख अर्थात १७.२६ प्रतिशतले संकुचन आएकोे हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५।७६ मा चार अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले निक्षेप १ खर्ब १८ अर्ब ८८ करोडबाट बढाएर १ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी १ खर्ब ८ अर्ब ८० करोडबाट बढाएर १ खर्ब २३ अर्ब ५ करोड पुर्याएको छ। बैंकको निक्षेप २० प्रतिशत तथा कर्जा १३ प्रतिशतले बढेका हो ।

सरकारको अग्राधिकार शेयरसहित बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड ९१ लाख छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेर्न अर्निङ्ग २ अर्ब १० करोड छ ।

बैंकको प्रतिशेयर आम्दानी गत आवमा ३२ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.७१ गुणाले बढी छ । प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।

बैंकको निष्क्रिय कर्जा ३.२९ प्रतिशतबाट २.७१ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको आधार दर ९.२६ प्रतिशत र स्प्रेड दर ४.४४ प्रतिशतमा झरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version