काठमाडौं: नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ थियो ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।

विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version