काठमाडौं: नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।
डेढ महिनाको समय दिएर राष्ट्र बैंकले त्यस्तो आवेदन आह्वान गरेको हो । सोमबारदेखि खुला भएको आवेदनका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । सस्तो ब्याजदका कुल एक सय अर्बसम्म ऋण प्रवाह गर्ने भएकोले राष्ट्र बैंकको यो आह्वानलाई महत्त्वपूर्ण मानिएको छ ।
राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम कोभिड प्रभावित उद्योग व्यवसायलाई सहुलियत दिएर पुनरुत्थान गर्ने हिसाबले यस्तो कार्यविधि ल्याइएको बताए ।
उनले भने, ‘कोभिड–१९ बाट प्रभावित उद्योगलाई सहुलियत ब्याजदरमा कर्जाको स्रोत उपलब्ध गराउने मौद्रिक नीतिको लक्ष्य अनुरुप पुनर्कर्जाको लागि आह्वान गरिएको हो ।’
