काठमाडौँ: रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र समाज लघुवित्ती संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरको बिक्री आजबाट खुला भएको छ ।

समाज लघुवित्तको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७ सय तथा रिलायन्स लाइफको ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आएको हो ।

समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये संस्थाका कर्मचारीका लागि एक हजार र सामूहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता शेयर बिक्रीमा आउन लागेको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। विगतमा आईपीओमा परेको आवेदनहरुलाई आधार मान्दा समाज लघुवित्तको आइपीओमा १० कित्ता मात्र आवेदन गर्दा उपयुक्त हुनेछ । त्यही १० कित्ता शेयर पाउन पनि भाग्यको भर पनुपर्ने हुन्छ ।

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यसैगरी, रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६३ करोड बराबरको ६३ लाख कित्ता शेयर आईपीओ निष्काशन गरेको हो । जसमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।।

इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version