काठमाडौँ: शनिबार ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको गौतमले बताए। आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ।

गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version