काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली कमजोर हुँदै गएकाले देशका एक/दुई स्थानमा मात्रै भारी वर्षा हुने आँकलन गरेको छ।

मनसुन पिक चरणबाट बिस्तारै ओरालो लाग्दै गएकाले भारी वर्षाको सम्भावनासमेत कम हुँदै महाशाखाले जनाएको छ। महाशाखाले ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको क्षेत्रलाई भारी वर्षाको रुपमा मापन गर्दै आएको छ। नेपालमा मनसुन १० जुनदेखि सुरु भई २३ सेप्टेम्बरमा सकिने भएकाले अब मनसुन सकिन ४० दिन बाँकी छ।

आईतबार देशैभर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद बरुण पौडेल बताए। हल्कादेखि मध्यम वर्षा हुने र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ। तर गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने पौडेलले बताए ।

आईतबार राति देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version