रौतहट: रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय समनपुरका सई क्षेत बहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेस क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोली घटनास्थल पुगेको थियो । नदीमा पानीको बहाव बढेको कारण उनीहरुलाई बगाएको हुनसक्ने सई बरुवालले बताए ।

ऋषि पञ्चमीको अवसरमा सप्त ऋषिको पुजा गर्न आज बिहानै प्रत्येक घरका महिलाहरू गाउँ नजिकको नदी, खोला, तलाउ, पोखरी तथा जलाशयमा गएर नुहाइ धुवाइ गर्ने तराईमा चलन रहिआएको आएको छ । यसै परम्परा अनुसार रौतहटमा बर्सेनी यस्ता दुर्घटना हुँदै आएको पत्रकार कृष्ण तिवारीले बताएका छन् ।

महिलाहरुसँगै नदी तथा खोलामा स–साना बालबालिकाहरु जाने भएकाले दुर्घटना हुँदै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version