काठमाडौँ: काठमाडौँका ३ सहित नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँकी एक महिलासहित ७ जनाको मृत्यु भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँकी ७१ वर्षीया महिला, काठमाडौँकै ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषका ७६ वर्षीय पुरुष र रुपन्देहीको ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १६४ वर्ष पुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version