काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको र भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै परिस्थिति अझै नराम्रो हुने बताएका हुन।

‘अहिले नेपालमा संक्रमितको संख्या बढ्दैछ। केही महिनाअघि आप्रवासीहरुमा बढी देखिएको थियो,’ उनले भने, ‘यो सुरुवातमात्रै हो। आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।’

उनले सामाजमा पाका उमेरका मानिसहरुमा पनि संक्रमण बढ्दै जाने भएकाले मृत्युको संख्या पनि बढ्दै जाने बताए। तर, ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएकाले सबै जनसंख्यालाई संक्रमण नहुने भन्दै नआत्तिन पनि आग्रह गरे।

उनले विश्व स्वास्थ्य संगठनले कोभिडविरुद्ध लड्न नेपाल सरकारलाई पूर्व तयारी, निगरानी, तथ्यांक संकलन, प्रयोगशालाको क्षमता र गुणस्तर सुनिश्चितता, लजिस्टिक तथा मापदण्ड बनाउन सहयोग गरिरहेको जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version