काठमाडौँ: सुन चाँदीको भाउमा ओरालो लाग्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ। अन्तराष्ट्रिय बजारमा भाउ घट्न थालेपछि नेपालमा पनि पछिल्लो चार दिनयता सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटिसकेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले घटेको छ।
यसअनुसार आजको लागि छापावाल सुनको भाउ ९६ हजार ८०० रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै घटेर ९६ हजार ३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ पनि १ हजार ३०० रुपैयाँमा घटेको छ।
Facebook Comments Box
