काठमाडौं: उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

 

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

 

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

 

चौधरीलाई कोरोना पुष्टी भएसंगै अहिले व्यापारिक घरानामा यतिबेला एक प्रकारले कोकोहोलो नै मच्चिएको बुझिएको छ किनभने उनले आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई सावधानी अपनाउन भनेका छन्।

स्वास्थ्यकर्मीले भने अबले उनले यी दुई हप्तामा भेटेका व्यक्तिहरुको खोजि गर्नुपर्ने हुन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version