काठमाडौं: सरकारले काठमाडौं उपत्यकाभित्र दुई हजार बेड क्षमताको क्वारेन्टिन निर्माणको लागि यथाशक्य छिटो प्रक्रिया अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
क्वारेन्टिन निर्माणका लागि आवश्यक सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावलीको २०६४ को नियम १४५ अनुसार विशेष व्यवस्था गरी द्रुत प्रक्रिया मार्फत निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलाइदिएको हो ।
उक्त क्षमताको क्वारेन्टिन निर्माणका लागि सरकारले यसअघि नै सिसिएनसी र स्थानीय निकायका प्रमुखहरुसंग बसेर छलफल गरी उपयुक्त स्थानको छनौट कार्य समेत अघि बढाइसकेको छ । तर अहिलेसम्म भौतिक पूर्वाधार कहाँ बन्ने र कहिलेसम्म बनिसक्ने भन्ने यकिन भएको छैन ।
