काठमाडौं: गत २४ घन्टामा काठमाडौँ उपत्यकामा ४८१ जनामा कोरोन भाइरस संक्रमण देखिएको छ ।

 

कुल संक्रमित मध्य काठमाडौँमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित भएको विवरण स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

विगत २४ घन्टामा कुल देशभरमा एक हजार ६९ जना संक्रमित थिपिएको पनि जानकारी दिए ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version