पोखरा: एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्पm गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए ।

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।

उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version