काठमाडौँ: काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ।

 

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

 

यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।

 

स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढामगरले बताए।

 

निर्णय गर्नु पहिले प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका जनप्रतिनिधि, स्वास्थ्य विज्ञ र उद्योगी व्यवसायीसँग परामर्श गरेका थिए। परामर्शका क्रममा फरक फरक सुझाव आएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको राय लिएर निर्णय गरेका हुन्।

 

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका थिए।

 

भदौ तीन गतेदेखि राजधानीमा निशेधाज्ञा सुरु भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version