काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् ।
यसअघि बुधबार (हिजो) काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका थिए ।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० थियो ।
मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको थियो ।
