काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् ।

 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए ।

 

‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’

 

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

 

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । तर उनले कार्यदलको सुझाव विपरीत मन्त्रिपरिषद् पुनर्गठन नहुने तर्क आज सारेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version