रूपन्देही: रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

केही दिनदेखि उपचाररत एक महिलाको आज बिहान र एक पुरूषको शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिइन् ।

 

बुटवल ११ का ४० वर्षीय पुरूषको भने शुक्रबार राति ११:१० बजे मृत्यु भएको डा.गौतमले बताए । उनी यही भदौ १५ गते अस्पताल भर्ना भएका थिए ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version