काठमाडौँ: नेत्र बिक्रम चन्दद्वारा आव्हान नेपाल बन्दका कारण मंगलबार राजधानीको तीनै जिल्लाबाट सात जना पक्राउ परेको र १२ ठाउंमा नक्कली बम आंतक सिर्जना गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको आयुक्त कार्यालयका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार विप्लपको राजधानीको बन्द अव सदाको लागि बन्द भएको दावी गरे।

“विप्लपको कुनै पनि बन्द राजधानीमा सफल हुनेछैन,” जोशीले भने । आज गरिएको भनिएको नेपाल बन्द पनि पूर्ण रुपमा विफल भएको उनको तर्क थियो ।

अधिकांश ठाउँमा राखिएको बोम सबै नक्कली साबित भएको उनले बताए । नेपाल प्रहरीले विभिन्न ठाउंमा सेनाको सहयोगबात गरेको डिस्पोजल कार्यमा प्राय सबै नक्कली बम भएको प्रमणित भएको उनले बताए ।

जोशीका अनुसार विप्लपका कार्यकर्ता बिहान तीन बजेदेखि नै उपत्यकाका सडक उत्रिएको उनले बताए । “हामीले पानी सोहि कुराको जानकारी पाएपछि हाम्रो करिव ६००० जनशक्ति उपत्यकामा उतारेको थियौं,” जोशीले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version