काठमाडौँ: गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घटेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट प्रस्वाति गरेको लाभांश कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको १५८ औं बैंठकले परिमार्जन गरेर घटाएको हो ।

संसोधित लाभांशपछि अब कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशत अर्थात ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बोनस तथा कर प्रयोजनको लागि ०.५५२६ प्रतिशत अर्थात ५१ लाख ८६ हजार ५५८ रुपैयाँ पाउनेछन्।

यस अघि २०७६ कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको १५४ औं बैठकले चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने र कर रकम भने शेयरधनीले तिर्नुपर्ने गरी प्रस्ताव गरेको थियो।

सो प्रस्ताव स्वीकृतिको लागि कम्पनीले नियामक निकाय बीमा समिति पठाएकोमा समितिले वित्तीय विवरणमा परिमार्जन गरि पुनः पेश गर्न निर्देशनपछि लाभांश दरमा समेत परिवर्तन आएको हो।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version