धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा थेरापि विधिबाट उपचार भइरहेको छ ।” प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ ।

 

“गम्भीर खालका कोरोना सङ्क्रमित बिरामीलाई आईसियमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाउने गरिन्छ”, श्रेष्ठले भन्नुभयो, “साधारण कोरोना पोजेटिभका बिरामीलाई भने प्लाज्मा चढाइँदैन ।”

यस विधिबाट उपचार गर्नका लागि कोभिड–१९ मुक्त भइसकेको व्यक्तिले रगतदान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारेर बिरामीको उपचार गरिने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version