काठमाडौँ: विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्न नेकपामा स्थायी कमिटी बैठक बोलाउने तयारी गरीएको छ।

कार्यदलले भदौ ६ गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो। बिहीबार बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश भइसकेको छ।

कोरोना संक्रमणको प्रकोप बढेको बेलामा स्थायी कमिटी बैठक बोलाउन सम्भव नहुने भएकाले सचिवालयकै निर्णयका आधारमा अघि बढ्ने तयारी भएको थियो।

तर स्थायी कमिटी बैठकमा उठेका विषयहरू सम्बोधन नभएकाले बैठक बस्नुपर्ने आवाज उठेपछि बैठक बोलाइन लागिएको हो। स्थायी कमिटी बैठक बोलाउनका लागि दुई अध्यक्षको सहमति भइसकेको स्रोतले बतायो।

‘केही दिनमा स्थायी कमिटी बैठक बस्छ होला। सबै भेला हुन सम्भव नभएमा भर्चुअल बैठक भने पनि गर्ने तयारी भएको छ,’ एक सचिवालय सदस्यले भने,’स्थायी कमिटी बैठकपछि मात्रै कार्यदलले दिएको सुझाव कार्यान्वनयमा जान्छ।’

भदौ २५-२६ मा बैठक बस्न सक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version