काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्र, ललितपुरमा कार्यरत ईलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीलाई रु ९५ हजार घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ ।

अधिकारीलाई कार्यालय परिसरबाटै पक्राउ गरी छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सप्तरी, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रशासकीय अधिकृत झाले स्थानीय रामजानकी मन्दिरदेखि सकरपुराको पुलसम्म जाने बाटोमा माटो भर्ने र ग्राभेल गर्ने योजनाको अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगकाअनुसार प्रशासकीय अधिकृत झाले कार्यालय सहायक राजकुमार मण्डललाई घुस उठाउनका लागि प्रयोग गरेको समेत अनुसन्धानबाट पक्ता लागेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version