काठमाडौं: लकडाउन अन्त्यको पूर्व सन्ध्यामा आयोजान गरिएको काठमाडौं उपत्यकाका नगरपालिकाका मेयर र पधाहिकारीले उपत्यका भित्रने नाका शील गरी सेना परिचालन गर्न सरकारलाई सुझाएका छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई उपत्यकाको हकमा खुकुलो पार्दै नाकामा भने कडी कड़ाउ गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

‘भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ’ फोरमका उपाध्यक्ष मेयर महर्जनले भने ।

उनका अनुसार उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने निश्कर्षमा पुगेर त्यसैअनुरुपको व्यवस्थाका लागि संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।

‘कोभिड संक्रमणको दर घटेको छैन तर, महामारीले के गर्ला भनेर गरिने बन्दाबन्दीले दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका परिवारमाथि समस्या थपिँदै गयो’ उनले भने, ‘त्यसैले भित्र देखिएका संक्रमितलाई व्यक्तिको सम्पर्कबाट छुट्याएर भित्रको समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न यस सीमा कडाइ गर्ने निर्णय भएको हो ।’

फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाई गर्नुपर्ने निर्णय भएको बताए ।

बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर प्रणालीमा चलाउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने पनि मेयरहरुको सुझाव छ ।

बैठकले कागेश्वरी मनोहरा नगरका मेयर कृष्णहरि थापाको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा धारणा निर्माण गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलको सदस्यमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरी नगरका मेयर घनश्याम गिरी, नागार्जुन नगरकी उपमेयर सुशीला अधिकारी र तारकेश्वर नगरकी उपमेयर भवानी डोटेल धिताल छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version