काठमाडौँ: नेपाली सेनाको प्रधानसेनापति तथा महारथीको रुपमा जंगी अड्डा सम्हाल्दै आएका राजेन्द्र क्षेत्रीले मंगलबार आफ्नो करिव ४० वर्षीय सैनिक जीवन यात्रा अत्यन्तै गौरवान्वित क्षणमा आएर सकिनै लागेको प्रतिक्रिया ब्यक्त गरेका छन्।

आज साँझ आफ्नो फेसबुक पेजमा एउटा सानो मन्तब्य लेख्दै उनले भनेका छन्, ” करिब चार दशक लामो मेरो सैनिक जीवनका आखिरी दिनहरुमा मेरो सैनिक जीवनलाई फर्केर हेर्दा आफूलाई अत्यन्तै गौरवान्वित ठान्छु।”

उनले थप लेखेका छन्, “मेरो जीवनका हरेक क्षणहरुमा मैले सधैं उत्कृष्ट र दक्ष व्यक्तिहरुको साथ पाएँ । अनवरतरुपमा सधैं मलाई सहयोग पुर्‍याई मेरो मेरुदण्डको रुपमा रहनु भएका मेरा परिवारजन, शुभेच्छुकका साथै नेपाली सेनाका सकल दर्जाहरुप्रति गहिरो आभार व्यक्त गर्दछु । धन्यवाद !!।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version